FAQs Complain Problems

बेनी नगरपालिकाको संक्षिप्त परिचय

बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम अवस्थित छ ।पूर्व–कालीगण्डकी नदि, पश्चिम– मंगला गाउपालिका, उत्तर–रघु गंगा गाउपालिका, दक्षिण–बा.न.पा.. बाग्लुङ सिमाना छ।  तीन नदिको संगमलाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी खोलाको संगम स्थल भएकोले बेनी नामाकरण भएको जनश्रृति रहेका छ । यहाँको कुल घरधुरी संख्या ८६५२ तथा जनसंख्या ३२६९७ रहेकोमा  पुरुष १५३६१ तथा महिला १७३३७ छन् ।यस नगरपालिकाको कुल क्षेत्रफल ७६.२५ वर्ग कि.मि. रहेको छ ।साविकका अर्थुङ्गे, घतान, रत्नेचौर, ज्यामरुककोट, पुलाचौर, सिंगा ,भक्किम्ली ,पात्लेखेत गा.वि.स.हरुलाई समेटि मिति २०७१ बेशाख २५ गते घोषणा भई मिति २०७१ जेष्ठ ०९ गते यस नगरपालिकाको  स्थापना भएको थियो ।