FAQs Complain Problems

समाचार

बेनी नगरपालिका कार्यालयको समिक्षा गोष्ठीको मिति सरेको सम्बन्धी अत्यन्त जरूरी सूचना ।

बेनी नगरपालिका कार्यालयबाट आर्थिक वर्ष 2071/72 मा सञ्चालन गरिएका विभिन्न योजना तथा कार्यक्रमहरूको वार्षिक समिक्षा गोष्ठी यहि मिति 2072 साल भदौ ६ गते गर्ने भनी पत्राचार एवम् सूचना सम्प्रेषण भई सकेकोमा विशेष कारणबस उक्त समिक्षा गोष्ठी मिति 2072 साल भदौ महीनाको ९ गते बुधवार विहान ठीक 11.00 बजेबाट रेडक्रस भवन बेनीबजारमा  प्रारम्भ हुने भएकाले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना सम्प्रेषण गरिएको छ । पूर्ववत् रूपमा पत्राचार गरिएका सम्पूर्ण अतिथिहरू, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज, गैर सरकारी संस्था, विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, वडा सचिवहरू तथा वडा नागरिक मञ्चका अध्यक्षहरू, सामाजिक परिचालकहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, पत्रकार, वुद्धिजिवीहरू, लगायत सबै आमन्त्रित महानुभावहरूलाई यसै सूचनालाई आधार मानी भदौ ९ गते हुने बेनी नगरपालिकाको वार्षिक समिक्षा गोष्ठीमा उपस्थित भै दिनु हुन अनुरोध छ । यसबाट आमन्त्रित सबै महानुभावहरूमा पर्न जाने असुविधाको लागि नगरपालिका कार्यालय क्षमा प्रार्थी छ ।

पुनश्चः

कार्यक्रम हुने मितिः 2072 साल भदौ 9 गते

समयः विहान 11.00 बजे

स्थानः रेडक्रस भवन, बेनीबजार ।

 

(नेत्रप्रसाद पौडेल)

कार्यकारी अधिकृत