सूचना

नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सुशासन प्रवर्द्धन शाखा, सिंहदरवार काठमाडौकाे निर्देशन वमोजिम यस बेनी नगरपालिकाले हेलो फेशवुक एकाउण्ट हेलो बेनी नगरपालिका https://www.facebook.com/hellobenimun?_rdr=p संचालन गरिएको कुरा सम्पुर्ण नगरवासीहरुमा जानकारी गराइन्छ ।

बेनी नगरपालिकाको संक्षिप्त परिचय

बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम अवस्थित छ ।पूर्व–कालीगण्डकी नदि, पश्चिम– कुहु“,बावियाचौर र भकिम्ली गा.वि.स., उत्तर–रघु गंगा खोला र पात्लेखेत गा.वि.स., दक्षिण–बा.न.पा.र मालिका गा.वि.स. बाग्लुङ सिमाना छ।  तीन नदिको संगमलाई त्रिवेणी भने जस्तै कालीगण्डकी र म्याग्दी खोलाको संगम स्थल भएकोले बेनी नामाकरण भएको जनश्रृति रहेका छ । यहाँको कुल घरधुरी संख्या ७४५५ तथा जनसंख्या २८५११ रहेकोमा  पुरुष १२८९२ तथा महिला १५६१९ छन् ।यस नगरपालिकाको कुल क्षेत्रफल ५२.७७ वर्ग कि.मि.

Pages