FAQs Complain Problems

जन्मको आधारमा नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।

- २०४६ साल चैत्र मसान्त सम्ममा नेपाल सरहद भित्र जन्मेको र बसोबास गर्दै आएको भन्ने व्यहोरा खुलेको वडा मुचुल्का सहितको वडा सिफारिस

- सम्भव भए बाबु/आमाको नागरिकताको प्रतिलिपि ।

- उमेर खुलेको शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि र सो नभए उमेर खुलेको वडा मुचुल्का ।

- निवेदकको पिता वा पतिको नागरिकताको प्रतिलिपि ।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।

नोट: सिफारिस लिने वखत सनाखत प्रयोजनका लागि निवेदकले एकाघरको पिता, पति, बाबु आमा वा परिवारका अन्य सदस्यको उपस्थिति  गराउनुपर्नेछ ।