FAQs Complain Problems

वंशजको नागरिकता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
उल्लेखित प्रमाण कागज पुगी आएमा सोही दिन हुनेछ
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००
आवश्यक कागजातहरु: 

- व्यहोरा खुलेको सम्बन्धित व्यक्तिको निवेदन ।

- सम्बन्धित वडाबाट भरि आएको अनुसुची फाराम ।

- उमेर खुलेको शैक्षिक योग्यताको प्रमाण-पत्र, जन्मदर्ता, वडा मुचुल्का, उमेर खुलेको कागज प्रमाणको प्रतिलिपि आदि ।

- निवेदकको पिता/आमा वा पतिको नागरिकताको प्रतिलिपि ।

- विवाहित महिलाको हकमा २०४७ साल पछि विवाह भएको भए विवाह दर्ताको प्रतिलिपि र २०४७ साल भन्दा अगाडि विवाह गरेको भए सम्बन्धित वडा मुचुल्का ।

- बसाई सरी आएको भए बसाईसराईंको प्रमाणपत्रको प्रतिलिपि ।

- चालु आ.व.सम्म न.पा.लाई बुझाउनुपर्ने सम्पुर्ण राजश्व वा सेवा शुल्क बुझाएको प्रमाण।

नोट: सिफारिस लिने वखत सनाखत प्रयोजनका लागि निवेदकले एकाघरको पिता, पति, बाबु आमा वा परिवारका अन्य सदस्यको उपस्थिति  गराउनुपर्नेछ ।