बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहमा उपस्थित सम्पूर्ण अतिथिजनहरुलाई स्वागत गर्दै बेनी नगरपालिकाका इन्जिनियर बिमल रन्जन कार्की
समाचार
फोटो ग्यालरी
बेनी नगरपालिकाको तेश्रो नगर परिषदबाट पारित आ.व. २०७३/७४ को बजेट नीति योजना तथा कार्यक्रमको सार्वजनिकीकरण समारोहका प्रमुख अतिथि माननीय पशुविकास राज्यमन्त्री नरदेवी पुनज्यू, विशिष्ट अतिथि माननीय व्यवस्थापिका सांसद नवराज शर्मा ज्यू , विशिष्ट अतिथि माननीय व्यवस्थापिका सांसद रेशम बहादुर बानिया ज्यू (बायाँबाट क्रमश)
बेनी नगरपालिका स्थित गलेश्र्वरधाम क्षेत्र विकास समिति कार्यकारीणी समितिका सदस्यहरू । बेनी नगरपालिकाका कार्यकारी अधिकृत उक्त समितिमा पदेन सदस्य हुने प्रावधान रहेको छ ।
चेतनामूलक महिला विकास बहुउद्देश्यीय सहकारी संस्था, बेनी नगरपालिका, सिंगामा आयोजित १६ औं वार्षिक साधारण सभामा सहभागीहरूः स्थानीय विकास अधिकारी श्री चिरन्जिवी पौडेल, बेनी नगरपालिकाका कार्यकारी अधिकृत श्री नेत्रप्रसाद पौडेल लगायत ।
बेनी नगरपालिकाद्वारा आ.व. ०७१।७२ मा सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको समिक्षा गोष्ठी बेनीबजारमा मिति २०७२ साल भदौ महीनाको ०९ गते सम्पन्न भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री सागरमणी पाठक, स्थानीय विकास अधिकारी श्री चिरन्जिवी पौडेल, प्रहरी नायव उपरीक्षक श्री हीरा गिरी, नगरस्तरीय राजनीतिक सल्लाहाकार समितिका सदस्यहरू, विभिन्न विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु, गैर सरकारी संस्थाका प्रतिनिधीहरू, योजना सञ्चालनका लागि गठन गरिएका उपभोक्ता समितिका पदाधिकारीहरू, वडा नागरिक मञ्चका प्रतिनिधीहरू, नागरिक समाजका अगुवाहरू, पत्रकार तथा आम सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता बेनी नगरपालिकाका कार्यकारी अधिकृत श्री नेत्रप्रसाद पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य बेनी नगरपालिकाका शाखा अधिकृत श्री पोषनाथ शर्माले गर्नु भएको थियो । जिल्ला शासन विज्ञ श्री सन्तोष पन्थीले उद्घोषण गर्नु भएको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन भने कार्यक्रमका अध्यक्ष तथा बेनी नगरपालिकाका कार्यकारी अधिकृत श्री नेत्रप्रसाद पौडेलले नै गर्नुभएको थियो ।